ताथली: चाँगुनारायण नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका घोषणा गर्न नगरभरि अभियान नै संचालन गरेको छ । अभियान स्वस्प वडाहरुमा क्षयरोगीहरुको पहिचान तथा उपचार गर्ने कार्य भइरहेको हो ।
सोमबार वडा नंं ९ स्थित ताथलीको गोठालेचौरमा छातीको एक्सरे सहितको क्षयरोगको स्क्रिनिङ स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
शिवीरमा १७७ जनाको छातीको एक्स रे सहित स्वास्थ्य परिक्षण र २३ जना क्षयरोग शंकास्पद बिरामीलाई रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख दिल कुमार दुवालले बताउनुभयो ।
शिवीरमा चाँगुनारायण नगर अस्पतालका मेडिकल सुपरिेटेन्डेन्ट डा. अर्जुन कार्की, कार्यापालिका सदस्य कमला गिरीसहित जनप्रतिनिधिहरु पनि सहभागि हुनुहुन्थ्यो ।