चाँगुनारायण नगरपालिकाद्धारा पहिलो पटक श्रेणी विहिन कर्मचारीलाई तालिम प्रदान

खरिपाटी: चाँगुनारायण नगरपालिकाले पहिलो पटक श्रेणी विहीन कर्मचारीलाई प्रशिक्षण दिएको छ । नगरपालिकाको आयोजनामा श्रेणी विहिन कर्मचारीलाई तीन दिने तालिम प्रदान गरेको हो ।

नगरपालिकाका प्रशासन अधिकृत सुरज पौडेलले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको बताउनुभयो ।

तालिममा सहभागिहरुलाई नगर प्रमख जीवन खत्री, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले प्रमाणपत्र प्रदान गर्नुभयो । तालिममा विभिन्न विज्ञहरुबाट प्रशिक्षण दिइएको थियो ।

नगर प्रमुख खत्रीले तल्लो तहका कर्मचारीहरुको क्षमता अभिबृद्धि भए सेवा प्रवाहमा सकारात्मक परिवर्तन आउने बताउनुभयो ।

तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न आग्रह गर्नुहुँदै मेयर खत्रीले आगामी दिनमा निरन्तर विभिन्न खालका तालिम प्रदान गर्ने बताउनुभयो ।