छालिङमा विशेषज्ञ सेवा सहितको ‘जेष्ठ नागरिक स्वास्थ्य शिविर’ सम्पन्न, १ सय ६३ जना लाभान्वित

छालिङ: चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा संचालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत बुधबार वडा नम्बर ५ छालिङ स्वास्थ्य चौकीमा जेष्ठ नागरिक स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

उक्त स्वास्थ्य शिविरमा हाड जोर्नी विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, नाक, कान घाँटी विशेषज्ञ र फिजिशियन चिकित्सकद्वारा स्वास्थ्य जाँच सेवा प्रदान गरिएको थियो भने आखा जाँच, एक्सरे र सुगर टेस्टको पनि सुबिधा प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपमहामन्त्री मनोज कुमार थापा, कार्यक्रममा सभापति चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जयन्द्र खड्काले शुभकामना मन्तब्य राख्नु भएको थियो।

उक्त स्वास्थ्य शिविरको अवलोकन नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे ,मन्त्री धर्मराज कार्की र कोषाध्यक्ष प्रदीप कुमार केसी, कार्यसमिति सदस्य संगीता थापा र सुभद्रा काफ्लेले अवलोकन गर्नुभएको थियो। स्वास्थ्य शिविरमा १६३ जना जेष्ठ नागरिकहरूले स्वास्थ्य सेवा लिनुभएको थियो।