खरीपाटी: चाँगुनारायण नगरपालिकाले नगरभित्रका सहकारी संस्थाका ब्यवस्थापकहरुलाई ५ दिने लेखा ब्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
नगरका ३० वटा सहकारीका ३६ जनालाई तालिम प्रदान गरिएको हो । तालिममा सहभागिहरुलाई नगर प्रमुख जीवन खत्रीले प्रमाणपत्र प्रदान गर्नुभयो । नगरपालिकाको सहकारी शाखाको आयोजनामा संञ्चालीत तालिममा सहकारी सम्बन्धी विज्ञहरुले प्रशिक्षण दिनु भएको थियो ।
तालिमको समापन कार्यक्रममा नगर प्रमुख खत्रीले नगरभित्रका सहकारीमा कुनै समस्या नरहेको र आगामी दिनमा पनि कुनै समस्या आउँन नदिन सचेत गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले सहकारी उद्देश्य, मापदण्ड, नीति नियम र पालना गर्नुपर्ने कर्तब्यका बारेमा तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगर स्तरीय सहकारी संघका अध्यक्ष प्रल्हाद बास्तोलाले सहकारी संस्थालाई ब्यवस्थित, पारदर्शी र अनुशासीत यस्ता तालिम समय समयमा गरिरहन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नगरपालिका प्रशासन प्रमुख सुरज पौडेल, सहकारी शाखा प्रमुख शर्मीला पोखरेललगायत पनि सहभागि हुनुहुन्थ्यो ।