बागेश्वरी: चाँगुनारायण नगरपालिका ७ नंं डा कार्यालयको सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ । नगर प्रमुख जीवन खत्रीले बिहीबार पुँजाआज गरि वडा कार्यालयको नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नु भएको हो ।
सो अवसरमा नगर प्रमुख खत्रीले नयाँ भवन निर्माणसँगै वडाबासीलाई सेवा प्रवाहमा सहज, छिटो, छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
हाल वडा कार्यालय सञ्चालन भइरहेको नजिकै करिब २ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको भवनको म्याट सहित ३ करोड ३५ लाख ५२ हजार ७३३ लागत अनुमान गरिएकोमा २ करोड ७ लाख ९९ हजार २१२ रुपैयामा ठेक्का सम्झौता भएको हो । भवन एक वर्षभित्र निर्माण सम्पन्न भइसक्नेछ ।
शिलान्यास कार्यक्रममा वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठसहित वडाका जनप्रतिनिधिहरु, प्राविधिक, निर्माण ब्यवसायी, विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरु लगायत वडाबासीहरुको बाक्लो सहभागिता थियो ।