चाँगुनारायण नगरपालिकाद्धारा समुदायमा आधारित १५ दिने मनोपरामर्श तालिम सञ्चालन

खरिपाटी: चाँगुनारायण नगरपालिकाले समुदायमा आधारित १५ दिने मनोपरामर्श तालिम सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिकाको सभाहल हेल्मेट डाँडामा गत १० गतेबाट सञ्चालन भइरहेको तालिम यही २४ गतेसम्म चल्नेछ ।

तालिममा अघिल्लो वर्ष एक साता तालिम लिएका २५ जना महिलाहरुलाई सहभागि गराइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले महिला उत्थान तथा क्षमता विकासका साथै विभिन्न रचनात्मक कार्यक्रममा जोड दिदैं आएको छ ।