चाँगुनारायण नगरका एकल महिलाहरुलाई धुप बाट्ने तालिम

खरिपाटी: चाँगुनारायण नगरपालिकाले नगरभित्रका एक महिलाहरुको लागि धुप बाट्ने तालिम संचालन गरेको छ । नगरभित्रका एक महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सात दिने धुप बाट्ने तालिम संचालन गरिएको हो ।

मानव अधिकारका लागि एकल महिला चाँगुनारायण समितिको आयोजना र नगरपालिकाको सहयोगमा भएको तालिम बिहीबारबाट शूरु भएको हो । तालिममको नगर उपप्रमुख रमेश बुढाथोकीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा उपप्रमुख बुढाथोकीले नगरपालिकाले महिलाहरुलाई स्वालम्बन तथा आत्मनिर्भर बन्न सहयोग पुगोस भनेर धुप बाट्ने तालिम संचालन गरिएको बताउनुभयो । तालिममा ९ वटै वडाका गरि ३० जना सहभागि छन् ।