चाँगुनारायण नगरभित्रका सहकारी संस्थाहरुसँग नियमीत अन्तरक्रिर्या

खरिपाटी: चाँगुनारायण नगरभित्रका सहकारी संस्थाहरुसँग अन्तरक्रिर्या गरिएको छ । नगरपालिकाको सहकारी शाखाको आयोजनामा आइतबार सहकारी संस्थाहरुका प्रतिनिधिहरुसँग अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको हो ।

नगरपालिकाले नियमीत रुपमा संचालन गर्दै आएको अन्तरक्रिर्या कार्यक्रममा ५५ वटा सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रममा नगरपालिकाका अधिकृत सुरज पौडेल, चाँगुनारायण नगर सहकारी संघका अध्यक्ष पर्लाद बास्तोला र सहकारी शाखा प्रमुख शर्मीला पोखरेल, कृषि शाखा प्रमुख श्रवण कुमार पासवानले अन्तरक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

नगरभित्र ७१ वटा सहकारीहरु सूचीकृत छन् । त्यसमध्ये हालसम्म कुनै पनि सहकारी समस्यामा नरहेको र कसैको पनि उजुरी नपरेको सहकारी शाखाले जनाएको छ । सहकारीहरुलाई नियम पालनामा कडाई भने कडाई गरिदै आएको छ ।