चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा कानूनी सचेतना कार्यक्रम, ४७० जनाले पाए तालिम

खरिपाटी: चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा कानूनी सचेतना कार्यक्रम संचालन गरेको छ । नगरपालिकाले निर्माण गरेको ऐन, कानून र समग्र मुलुकको कानूनको विषयमा जानकारी दिने उद्देश्यले सबै वडामा सचेतना कार्यक्रम संचालन गरेको हो ।

गत माघ २५ गतेबाट सुरू कार्यक्रम फागुन ४ गते सम्पन्न भएको हो । कार्यक्रम नगरपालिकाका कानुनी सल्लाहकारद्वय किरण न्यौपाने र कृष्णमुरारी खनालले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा ४७० जनाको सहभागिता थियो ।

वडाका जनप्रतिनिधि, महिला, बालबालिका, ज्येष्ठ नागरिक, शिक्षक, विद्यार्थी, कर्मचारी तगा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा सचेतना कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

कानूनी सचेतना कार्यक्रममा मानव बेचबिखन, लैंगिक हिंसा, घरेलु हिंसा, महिलाको हक तथा अधिकारहरु, न्यायिक समितिमा पेस गर्ने कानूनी लिखत मस्यौदा र न्यायिक समितिको क्षेत्राधिकार र काम कर्तव्यलगायतका बारेमा जानकारी दिइएको थियो ।

साथै न्याय निरुपणको प्रक्रिया तथा चाँगुनारायण नगरपालिकाको न्यायिक समितिमा न्याय सम्पादनको क्रममा देखिएका सफलता र चुनौतीहरुबारे छलफल गरिएको थियो । वडा नं २ बाट सुरू भएको कानुनी सचेतना वडा नं ९ मा समापन भएको हो ।