चाँगुनारायण: नेपाली कांग्रेस चाँगुनारायणको प्रथम नगर सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले उद्घाटन गर्नु भएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।
सो अवसरमा केन्द्रीय सदस्य महरले अहिलेसम्मको परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएकाले नयाँ पुस्तालाई कांग्रेसका असल अभ्यासको बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले वर्तमान पुष्पकमल दाहाल नेतृत्व सरकारले कांग्रेसको काँधमा टेकेर गरेका अपजसको भारी बोकाएको भन्दै सरकार नसचीए राजीनामा दिनुपर्ने बताउनुभयो ।
भक्तपुरमा कांग्रेस झन झन बलियो भन्दै गएकोमा खुसी ब्यक्त गर्दै यसलाई अझ बढी ब्यवस्थित र संगठीत बनाउँदै लग्नुपर्नेमा जोड दिनुभयो ।
पार्टी जिल्ला सभापति दुलर्भ थापाले भक्तपुरमा बाँकि सम्मेलनहरु फागुनभित्र सम्पन्न गरिसक्न आग्रह गर्नुभयो । उहाँले पार्टी बैठकबाट एकै दिन तोकेर ३८ वटा वडाको सम्मेलन तय गरिने जानकारी गराउनुभयो ।
कांग्रेस चाँगुनारायण नगरपालिकामा कमजोर थिएन भन्ने कुरा यसअघिका स्थानीय र प्रदेश निर्वाचनले देखाइसकेको बताउँदै पार्टीलाई एकताबद्ध र एकढिक्का बनाउन सभापति थापाले आग्रह गर्नुभयो ।
उहाँले जिल्ला पार्टी कार्यालयको नयाँ भवन निर्माणको प्रक्रियामा रहेको बताउँदै भवन बनेपछि अझ ब्यवस्थित रुपमा पार्टीका गतिविधि अगाडि बढ्ने बताउनुभयो । उहाँले पार्टीको भवन निर्माणमा सहयोग गर्न आह्वान समेत गर्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर तथा काग्रेस क्षेत्र न. १ का क्षेत्रीय सभापति समेत रहनु भएको जीवन खत्रीले आम चाँगुनारायण नगरबासीको शिर उच्चो बनाउने गरि क्रियाशिल भएर अगाडि बढिरहेको बताउनुभयो ।
मेयर खत्रीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै समृद्ध चाँगुनारायण निर्माणमा जुटिरहेको भन्दै सबैलाई सहयोगको लागि आग्रह गर्नुभयो ।
आफू निर्वाचीत भएर आएदेखि नगरपालिकाको समृद्ध बनाउने दिशामा स्पष्ट भिजनका साथ अगाडि बढिरहेको बताउँदै आआफनो ठाउँबाट सबैले कर्तब्य निर्वाह गर्दै सहयोगी भूमीका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य मदन अमात्य, रञ्जना ढुंगेल, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, पूर्व प्रदेश मन्त्री कृष्णलाल भँडेल, भक्तपुर क्षेत्र नंं २ का क्षेत्रीय सभापति भेष बहादुर कार्की, चाँगुनारायण प्रदेश सभाका सभापति तथा वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडका, चाँगुनारायण वडा नंं २ का वडाध्यक्ष सोम प्रधान, जिल्ला महिला संघ भक्तपुर अध्यक्ष सरु बानीयाँलगायत जिल्लास्तरीय नेताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
चाँगुनारायण नगरपालिकाका नगर सभापति शिवहरि केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव दिनेश थापाले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा पार्टीका तर्फबाट ९ वटै वडाका वडा सभापतिहरु, वडा नंं १ का वडाध्यक्ष तथा नगर सचिव सिजन कार्की, ८ का वडाध्यक्ष जनक खत्रीलगायत जनप्रतिनिधिहरु तथा प्रतिनिधिहरुको बाक्लो सहभागिता थियो ।
त्यस्तै, नगर सम्मेलनकै अवसरमा पार्टीमा महत्वपूर्ण योगदान गर्ने अग्रज तथा विभिन्न क्षेत्रका ब्यक्तीत्वहरुलाई सम्मान समेत गरिएको थियो भने जिल्ला पार्टी कार्यालय भवन निर्माणमा २० लाख सहयोग गर्नुहुने युवा नेता रवि राणलाई समेत सम्मान गरिएको थियो ।