भक्तपुरको चाँगुनारायणमा जन्मिनुभएका सुशील खत्री नेपाली जनसम्पर्क समिति अमेरिकाको युवा उपसभापतिमा निर्वाचित हुनुभएको छ।
नेपाली कांग्रेससँग आबद्ध प्रवासी संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनबाट खत्री युवा उपसभापति पदमा निर्वाचित हुनुभएको हो।
लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका खत्री नेपाली कांग्रेसको विचार, संगठन तथा प्रवासी नेपाली समुदायसँग जोडिँदै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।
अमेरिकामा रहेका नेपाली समुदायबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका पछि नेपाली जनसम्पर्क समिति अमेरिकालाई प्रभावशाली तथा शक्तिशाली प्रवासी संस्थाका रूपमा स्थापित हुँदै आएको संस्थाका रूपमा लिइन्छ।
नेपाली कांग्रेससँग आबद्ध यस संस्थाले अमेरिकामा रहेका नेपालीलाई संगठित गर्दै लोकतान्त्रिक मूल्य, नेपाली कांग्रेसको विचार तथा मातृभूमिसँगको सम्बन्धलाई निरन्तरता दिने कार्य गर्दै आएको छ।
तेस्रो अधिवेशनको मतगणना विवरणअनुसार युवा उपसभापति पदमा सुशील खत्रीले २४१मत प्राप्त गरी विजयी हुनुभएको छ।
अन्य पदमा निर्वाचित हुनुभएका पदाधिकारी
मतपरिणामअनुसार सभापति पदमा मुनिन्द्र नेम्वाङ निर्वाचित हुनुभएको छ।
त्यसैगरी वरिष्ठ उपसभापति पदमा विनोद भट्ट निर्वाचित हुनुभएको छ।
उपसभापति पदमा हरि पी. शर्मा, निमा बोम्जन, सञ्जीव श्रेष्ठ र श्रीराम थापा निर्वाचित हुनुभएको छ। त्यस्तै युवा उपसभापति पदमा सुशील खत्री निर्वाचित हुनुभएको छ।
महामन्त्री पदमा नारायण खनाल र गौतम दाहाल निर्वाचित हुनुभएको छ।
सहमहामन्त्री पदमा अर्जुन बम र अनिता परियार निर्वाचित हुनुभएको छ। त्यसैगरी कोषाध्यक्ष पदमा नारायण पी. पोखरेल निर्वाचित हुनुभएको छ।
चाँगुनारायणमा जन्मिएर लामो समयदेखि अमेरिकामा रहँदै आउनुभएका खत्री नेपाली जनसम्पर्क समिति अमेरिकाको युवा उपसभापति जस्तो गरिमामय जिम्मेवारीमा निर्वाचित हुनुभएकोमा चाँगुनारायणवासी, शुभेच्छुक तथा आफन्तजनले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
युवा नेतृत्वका रूपमा खत्रीको विजयीले प्रवासमा रहेका नेपाली युवाको राजनीतिक तथा सामाजिक सहभागितालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
युवा उपसभापति सुशील खत्रीलाई हार्दिक बधाई तथा उज्ज्वल राजनीतिक भविष्यको शुभकामना। 🇳🇵🇺🇸
