भक्तपुरमा भूमि समस्या समाधान समितिको कार्यालय शुभारम्भ

भक्तपुर, १० असार । जिल्ला भूमि समस्या समाधान समिति, भक्तपुरको कार्यालय मंगलबार औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत रहेका जिल्ला भूमि समस्या समाधान समिति भक्तपुरका अध्यक्ष बिनोद कुमार खड्काले कार्यालयको शुभारम्भ गर्नु भएको हो ।

सरकारले यही असार तेस्रो सातादेखि भूमिहीन तथा सुकुम्बासी नागरिकलाई लालपुर्जा वितरण गर्ने घोषणा गरेसँगै त्यसको आवश्यक तयारीस्वरूप कार्यालयको शुभारम्भ गरिएको हो।

कार्यालय शुभारम्भसँगै भूमिसम्बन्धी समस्या समाधान, अभिलेख व्यवस्थापन तथा लालपुर्जा वितरण प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्य रहेको जनाइएको छ।