काठमाडौँ । सरकारले निजामती सेवाभित्रको ट्रेड युनियन व्यवस्था औपचारिक रूपमा खारेज गरेको छ। सरकारको सिफारिसमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै यो व्यवस्था अन्त्य भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रायमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको उक्त अध्यादेशमार्फत अब निजामती सेवामा कुनै पनि प्रकारका ट्रेड युनियन वा कर्मचारी संगठन रहने छैनन्।
यसअघि निजामती सेवाभित्र आधिकारिक ट्रेड युनियनसहित विभिन्न राजनीतिक दलसम्बद्ध कर्मचारी संगठनहरू सक्रिय थिए। नयाँ व्यवस्थासँगै कर्मचारीहरूलाई राजनीतिक प्रभावबाट टाढा राख्ने सरकारको अपेक्षा रहेको छ।
