नेपाललाई माचुसिमा कराँतेमा अन्तर्राष्ट्रिय सफलता

जापान : नोभेम्बर २९ देखि डिसेम्बर १ सम्म जापानको यामातो सिटीजन जिम्नेजियममा सम्पन्न IKO माचुसिमा छैटौँ विश्व च्याम्पियनसिपमा नेपालले गौरवमय उपस्थिति जनाएको छ।

नेपालबाट कुमिते तर्फ सुस्मिता सुनुवार प्रतियोगितामा सहभागी भएकी थिइन् भने रेफ्री टोलीमा नेपाल माचुसिमा कराँतेका नेपाल ब्रान्च चिफ सिहान राजकुमार गुरुङ, अध्यक्ष सेन्से सुमन गजुरेल, महासचिव सेम्पाइ रघु के.सी., र कोषाध्यक्ष सेम्पनइ मोहनकुमार तामाङले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

प्रतियोगितामा डान ग्रेडिङमा नेपाल टोलीले सफलता प्राप्त गर्यो।

राजकुमार गुरुङ – ५ डान (सिहान उपाधि)

सुमन गजुरेल – ३ डान (सेन्सेइ)

रघु के.सी. – २ डान (सेम्पाइ)

चाँगुनारायण नगरपालिकाका खेलकुद संयोजक रघु के.सीले विश्व च्याम्पियनसिपको सेमिफाइनल बाउटमा रेफ्रीको रूपमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान दिनुभयो ।

कार्यक्रम सम्पन्न भएपश्चात नेपाली टोली बिदाइ भई केही दिनको बसाइपछि नेपाल फर्कने तयारीमा रहेको छ। नेपालको माचुसिमा कराँतेमा यो सफलता राष्ट्रिय खेलको गौरवमय क्षण बनेको छ।