दुवाकोट : चाँगुनारायण नगरपालिका वडा नम्बर २ को आयोजनामा कार्तिक ४ गते मंगलबार नगरकोट भ्रमण बर्ष २०८२ को अबसरमा नेपाल सम्बत ११४६ को समाबेसी शूभकामना रयाली हुने भएको छ। नेवार समूदायको नयाँ बर्ष भएपनि शुभकामना रयाली तामाङ्ग समुदायको सांस्कृतिक झाँकी,भेषभूषा र डम्फूबाजा र नृत्य समाबेस हुनेछ। क्षेत्री बाहुनहरूको नेपाली पोशाक र खैजडी भजन समाबेश हुनेछ।
त्यस्तै राई,लिम्बू मगरलगायत जनजातीका भेषभूषा र झाँकी पनि समाबेश हुनेछ। नेवार समूदायको धिमे बाजा,बासुरी बाजा लगायत साँस्कृतिक झाँकी हुनेछ।
कार्यक्रमको ययारी पूरा भएको जानकारी दिँदै चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले बिस्केट जात्राको अबसरमा गणेशको खटजात्रा र गाईजात्राको अबसरमा घिन्ताङघिसी रयालीमा वडाका सबैजातजाती सहभागी भएर समाबेसी रुपमा मनाईसकेको बताउनुभयो ।
वडा अध्यक्ष प्रधानले वडा भित्र बसोबास गर्ने सबै जातजातीको पर्व संस्कृति र जात्रा समाबेसी रुपमा मनाउने गरेको बताउँदै ल्होसार , मागी लगायतका पर्बहरूमा पनि समाबेसी रुपमा मनाउन लागिएको जानकारी दिनुभयो । शुभकामना रयालिमा सहभागी गराउन सबै जातका अगुवाहरूसँग साक्षातकार गरेका थिए।
