भक्तपुर (खरीपाटी), ७ भदौ: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ । मन्त्रालयले देशभरका ७५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सार्वजनीक गरेको हो ।
मन्त्रालयले गुणस्तर परिक्षण पश्चात् सार्वजनीक गरेको सुचना अनुसार चाँगुनारायण नगरपालिकाले ८६.५० अंक प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा चाँगुनारायण नगरपालिकाले ८५ अंक प्राप्त गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष १.५० बढी अंक प्राप्त गर्न सफल भएको छ । त्यस्तै, २०७७/७८ मा ६१ अंक र २०७८/०७९ मा भने ४९.२५ अंक पाएको थियो ।
त्यस्तै, भक्तपुरका चार पालिकामा सूर्यविनायकाले सबैभन्दा बढी ८८ अंक प्राप्त गरेको छ भने मध्यपुर थिमी नगरपालिकाले ८४ अंक र भक्तपुर नगरपालिकाले ८१ अंक पाएका छन् ।
देशभरमा भने नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले नेतृत्व गर्नु भएको नीलकण्ड नगरपालिकाले ९३.५० अक प्राप्त गर्दै सर्वोत्कृष्ठ बन्न सफल भएको छ । उपत्यकामा भने ललितपुर महानगरपालिकाले ८८.२५ अंक प्राप्त गर्दै प्रथम हुन सफल भएको छ ।
त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाले ८३.७५ अंक, काठमाडौं महानगरपालिकाले ८१.७५ अंक पाएको छ । यता कीर्तीपुर नगरपालिकाले ७५.२५ अंक, गोर्कणेश्वर नगरपालिकाले ६८.५० अंक, चन्द्रागिरी नगरपालिकाले ८०.५० अंक, दक्षिणकाली नगरपालिकाले ६३ र शंखरापुर नगरपालिकाले ८१.७५ अंक प्राप्त गरेको छ ।
उपत्यकामा कुन पालिकाले कति अंक पाए ?



पूर्ण विवरणसहित आधिकारिक नतिजा हेर्नका लागि यहाँ क्लीक गर्नुहोस

