चाँगुनारायण नगरपालिकाले बैशाख, जेठ र असार महिनाको सामाजीक सुरक्षा भक्ता वडा कार्यालयबाटै वितरण गर्ने, कुन वडामा कहिले ?

खरीपाटी : चाँगुनारायण नगरपालिकाले बैशाख, जेठ र असार महिनाको सामाजीक सुरक्षा भक्ता वडा कार्यालयबाटै वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चौथो क्रैमासिक किस्ता रकम प्रभु बैंक चाँगुनारायण एक्सटेन्सन काउन्टरबाट खटिने कर्मचारीबाट वितरण गरिने जानकारी गराइएको छ ।

नगरपालिकाका अनुसार यही साउन ५ गते वडा नंं १, २ र ३ वडा कार्यालयबाट बिहान ८ः ३० देखि १ बजेसम्म भक्ता वितरण गरिनेछ । वडा नंं ४, ५ र ६ वडा कार्यालयबाट साउन ६ गते बिहान ८ः३० बजेदेखि १ बजेसम्म, वडा नंं ७, ८ र ९ वडा कार्यालयबाट साउन ७ गते बिहान ८ः३० बजेबाट १ बजेसम्म भक्ता वितरण गरिनेछ ।

त्यस्तै, लाभग्राहीले रकम भुक्तानी लिन आउँदा अनिवार्य रुपमा चेकबुक, पासबुक र नागरिकताको फोटोकपी लिएर आउनुपर्नेछ ।