खरीपाटी : चाँगुनारायण नगरसभाको १७ औं अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ ।

अधिवेशनको पहिलो बैठक १० असारमा बसेको थियो । पहिलो बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो ।

पहिलो बैठकमा नगर प्रमुख जीवन खत्रीले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र उपप्रमुख रमेश बुढाथोकीले बजेट बतब्य प्रस्तुत गर्नु भएको थियो ।

पहिलो बैठकमा आगामी आर्थिक वर्षको लागि १ अर्ब ८४ करोडको बजेट सार्वजनीक गरिएको थियो भने नीति तथा कार्यक्रम दफाबार छलफलपश्चात सर्वसम्मत पारित गरिएको थियो ।

त्यस्तै, अधिवेशनको दोस्रो बैठक शनिबार बसेको थियो । बैठकमा विनियोजन विधेयक २०८२ माथि दफबार छलफल भएको थियो । साथै न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमाथि पनि दफाबार छलफलपश्चात सर्वसम्मत रुपमा पारित भएको छ ।

त्यस्तैगरि, बैठकमा विभिन्न नगर सभा सदस्यहरुले सार्वजनीक महत्वका विषयमा आ-आफ्ना धारणा राख्नु भएको थियो । नगरसभा अध्यक्ष जीवन खत्रीले सार्वजनीक महत्वका विषयमा उठेका विषयमा प्रष्ट पार्नुभएको थियो ।

नगरसभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गर्दे सभा अन्त्य भएको घोषणा गरिएको थियो ।









