चाँगुनारायण नगरपालिकाले बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा गर्ने

खरीपाटी: चाँगुनारायण नगरपालिकाले अवीरल वर्षापछिको बाढी र पहिरोका कारण क्षति भएका संरचनाहरुको पुर्ननिर्माणका लागि बजेटबाट १० प्रतिशत रकम कटाएर विपद ब्यवस्थापन कोषमा जम्मा गनिे भएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिकामा मानवीय क्षति नभए पनि अबौंको भौतिक क्षति भएको थियो ।

नगर प्रमुख जीवन खत्रीले पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा गरिने निर्णय भएको र माथिल्लो निकायसँग पनि आवश्यक सहयोगको लागि पहल तथा सिफारिस गरि पठाइएको बताउनुभयो ।