भक्तपुर । भक्तपुर जिल्लामा कबड्डी खेलको विकास र विस्तार गर्ने उद्देश्यसहित भक्तपुर जिल्ला कबड्डी संघ गठन गरिएको छ।
जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष राजु थापाको रोहबरमा तथा अखिल नेपाल कबड्डी संघका सदस्य पर्सुराम झाको उपस्थितिमा सम्पन्न जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो।

अधिवेशनबाट संघको अध्यक्षमा बलराम राजचल चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा अनिल कोजु, सचिवमा दिलीप नारायण श्रेष्ठ, सहसचिवमा रवि सैजु र कोषाध्यक्षमा सुमन भेले चयन हुनुभएको छ।
नवगठित कार्यसमितिका सदस्यहरूमा उरुषा शाक्य, शान्ति श्रेष्ठ, नरेश ढुंगेल, विकेश बासुकला, सुप्रिम बस्नेत र राज्य लक्ष्मी छुस्याबाग चयन हुनुभएको छ।
नयाँ नेतृत्वले भक्तपुरमा कबड्डी खेलको प्रवर्द्धन, खेलाडी उत्पादन, प्रतियोगिता सञ्चालन तथा खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
