ओरेण्टल सहकारीका २८४ ऋणीको तीन पुस्तेसहित सूची सार्वजनिक, धेरै जसो भक्तपुरका, सरकारले दियो ऋण तिर्न अन्तिम चेतावनी

काठमाडौं । समस्याग्रस्त घोषित सुधीर बस्नेत संलग्न ओरेण्टल को–अपरेटिभका २ सय ८४ जना ऋणीहरूको तीन पुस्तेसहित नामावली सार्वजनिक गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋण लिएर लामो समयदेखि नतिर्ने ऋणीहरूलाई तत्काल बक्यौता चुक्ता गर्न निर्देशन दिएको हो ।

समितिले सार्वजनिक सूचना जारी गर्दै यथाशीघ्र ऋण नतिरे कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

सार्वजनिक गरिएको सूचीमा सहकारीबाट ठूलो रकम ऋण लिएका व्यक्तिहरूको विवरण समावेश गरिएको जनाइएको छ । सार्वजनिक विवरणअनुसार धेरै जसो ऋणी भक्तपुरका रहेका छन् ।

सरकारले सहकारी पीडितको रकम फिर्ता गराउने अभियानलाई तीव्र बनाइरहेका बेला यो कदमलाई ठूला ऋणीमाथिको कडा कारबाहीको संकेतका रूपमा हेरिएको छ ।