चाँगुनारायण नगरपालिका वडा नम्बर–९ मा अवस्थित दक्षिणकाली युवा समूह शनिबार नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान, सम्मान तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुकेश रन्जित प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। कार्यक्रम २१ गते बिहान ७:३० बजे ताथलीको गाेठालेचौरमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
साथै, कार्यक्रममा सहभागी भई शुभकामना साटासाट गर्नुका साथै रक्तदानमार्फत जीवन बचाउने अभियानमा सहभागी हुन सबैमा आह्वान गरिएको छ।




