राष्ट्रपति रनिङ शिल्ड : भलिबलमा छात्र–छात्रा दुवै तर्फ चाँगुनारायण स्कुल प्रथम


ताथली, ४ पुष : चौंथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय वृहत खेलकुद प्रतियोगिता–२०८२ अन्तर्गत आयोजित भलिबल प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

तात्थली फैढोका विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको उक्त प्रतियोगिता शुक्रबार समापन भएको हो। प्रतियोगितामा विभिन्न विद्यालयका छात्र तथा छात्रा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा चाँगुनारायण नगर खेलकुद विकास समितिका संयोजक रघु केसी सहभागी हुनुहुन्थ्यो।

🏆 छात्र भलिबल प्रतियोगिताको नतिजा

🥇 चाँगुनारायण माध्यमिक विद्यालय – प्रथम
🥈 पञ्चकन्या माध्यमिक विद्यालय – द्वितीय
🥉 ऋतम्भरा पाठशाला – तृतीय
🥉 महेन्द्रग्राम माध्यमिक विद्यालय – तृतीय

🏆 छात्रा भलिबल प्रतियोगिताको नतिजा

🥇 चाँगुनारायण माध्यमिक विद्यालय – प्रथम
🥈 चुनादेवी माध्यमिक विद्यालय – द्वितीय
🥉 ऋतम्भरा पाठशाला – तृतीय
🥉 श्रीकृष्ण माध्यमिक विद्यालय – तृतीय

कार्यक्रमको सफल आयोजनामा सहयोग पुर्‍याउने विद्यालय प्रशासन, शिक्षक, खेल प्रशिक्षक, निर्णायक तथा सम्पूर्ण सहभागी खेलाडीहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।