बागेश्वरी स्वास्थ्य चौकीमा बुधबार विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य जाँच हुँदै

बागेश्वरी, पौष १ : चाँगुनारायण नगरपालिका वडा नम्बर–७ बागेश्वरीस्थित स्वास्थ्य चौकीमा बुधबार निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने भएको छ। वरिष्ठ विशेषज्ञ चिकित्सकबाट विभिन्न स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रदान गरिन लागिएको हो ।

शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँच (VIA), गर्भवती महिलाको भिडियो एक्स–रे, पुरुषको प्रोस्टेट जाँच तथा परिवार नियोजनसम्बन्धी सेवा (इम्प्लान्ट, IUCD, रिङ पेसरी) उपलब्ध गराइनेछ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने शिविर बागेश्वरी स्वास्थ्य चौकीमै आयोजना हुने भएकाले सेवा लिन इच्छुक सम्पूर्ण वडा बासी तथा स्थानीय समुदायलाई उपस्थित भई लाभ लिन नगरपालिकाले आग्रह गरेको छ।