चाँगुनारायणको नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्म ९ करोड ८० लाख रुपैयाँभन्दा बढी आन्तरिक आय संकलन गरेको छ।
नगरपालिकाको विवरणअनुसार मंसिर महिनामा मात्रै ३ करोड २५ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको हो।
नगरपालिकाले बहाल कर, सम्पत्ति कर, नक्सा पास, सिफारिस दस्तुर, पर्यटन शुल्क तथा विभिन्न प्रशासनिक सेवाबाट आय संकलन गरेको जनाएको छ।
आन्तरिक आय वृद्धि हुनु सेवा प्रवाहमा सुधार र कर संकलन प्रणाली प्रभावकारी हुनुको परिणाम भएको नगरपालिकाको भनाइ छ।



