सुडाल : चाँगुनारायण नगरपालिका–८ झाप्रो शहरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक टोलीद्वारा विशेष स्वास्थ्य सेवा सञ्चालन भएको छ।

नगरपालिकाले सञ्चालन गर्दै आएको लक्षित स्वास्थ्य सेवा अभियान अन्तर्गत आज भिडियो एक्स–रे (USG), VIA, Ring Pessary, Implant तथा गर्भवती परीक्षण जस्ता सेवा प्रदान गरिएको थियो। शिविरबाट १२८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

नागरिकलाई निःशुल्क तथा गुणस्तरयुक्त सेवा प्रत्येक वडामा उपलब्ध गराउने उद्देश्यले सञ्चालित यो अभियानले महिला स्वास्थ्य, पुरुष स्वास्थ्य तथा प्रजनन स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याइरहेको नगरपालिकाले जनाएको छ।

वडा नं. ८ का अध्यक्ष जनक खत्रीले शिविर सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नु भयो ।

नगरवासीलाई स्वास्थ्य सेवाका लागि टाढा धाउन नपरोस् भनेर वडा र नगरपालिकाले निरन्तर यस्ता विशेष स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रबक्ता समेत रहनु भएको खत्रीले बताउनु भयो ।









