खरीपाटी : चाँगुनारायण नगरपालिकामा “स्वस्थ समुदायको निर्माण, सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराका साथ २२औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा नगरपालिकाका उपमेयर रमेश बुढाथोकी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो।

कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका ९ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई उपमेयर बुढाथोकीले सम्मान–पत्र हस्तान्तरण गरी सम्मान गर्नु भयो ।
सो अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरु निर्मला न्यौपाने, मैया खत्री, गङ्गा न्यौपाने, अन्जना आचार्य, जमुना थापा, सीता तामाङ, राम माया नायजु, नानू सुवेदी र बुद्ध लक्ष्मी बासुकलालाई सम्मान गरिएको नगर प्रबक्ता जनक खत्रीले बताउनुभयो ।
त्यस्तै गरी सेवारत रहन्दै दु:खद निधन भएका २ जना महिला स्वयंसेविकाहरु वडा न.८ का जमुना बानियाँ र वडा न.९ का सुमित्रा खड्का लाई पनि रु ३०,०००/- नगद र सम्मान – पत्र सहित मृत्यु पर्यन्त सम्मान गरिएको थियो

त्यसैगरी, ६० वर्ष उमेरसम्म सेवा पुर्याएका ४ जना स्वयंसेविकाहरू—भवानी कुसाथा (वडा ३), माइली बाटा (वडा ५), कान्छी लामा (वडा ६) र जानुका गोतामे (वडा ८) लाई रु ३०,००० नगद तथा सम्मान–पत्र उपमेयर बुढाथोकीकै हातबाट बिदाई स्वरूप प्रदान गरिएको थियो।

यस्तै, सेवारतकै क्रममा निधन भएका जमुना बानियाँ (वडा ८) र सुमित्रा खड्का (वडा ९) लाई पनि रु ३०,००० नगद र सम्मान–पत्र प्रमुख अतिथि बुढाथोकीले मरणोपरान्त सम्मान प्रदान गर्नु भयो ।





