खरीपाटी-– चाँगुनारायण नगरपालिका अन्तर्गत रहेको नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको “चाँगुनारायण कप दौड प्रतियोगिता–२०८२” भव्य रूपमा सम्पन्न भएको छ।

नगर उप–प्रमुख रमेश बुढाथोकीले रिबन काटेर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो।

कार्यक्रमको अध्यक्षता वडा नं ५ का अध्यक्ष जयन्द्र खड्काले गर्नुभएको थियो। कार्यक्रममा वडाध्यक्ष खडकाले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

सो अवसरमा वडाध्यक्ष खडकाले चाँगुनारायण नगरपालिकाले खेल क्षेत्रमा निकै ठूलो फड्को मार्दै आएको र खेलाडी उत्पादन हुने क्रम जारी रहेकोमा खुसी ब्यक्त गर्नुभयो ।

शिक्षा शाखा प्रमुख जनार्दन रिजालले विद्यार्थीहरुको उत्साहजनक सहभागिताले निकै हौसाएको बताउनुभयो ।

नगर खेलकुद समितिका संयोजक रघु केसीले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा वडा नं ५ का वडा सदस्य तथा न्यायिक समिति सदस्य सुरेश कार्कीले सहजीकरण गर्नु भएको थियो ।

प्रतियोगितामा १ कि.मि, २ कि.मि,, र ३ कि.मि बीच प्रीतस्पर्धा गराइएको थियो । प्रतियोगितामा १ सय ८६ जना खेलाडीले दौडमा प्रतिस्पर्धा गरेका थिए भने अभिभावक, विद्यालय परिवार, रेफ्री, प्रशिक्षक र दर्शक गरी ३०० भन्दा बढी जनाको सहभागिता रहेको थियो।

प्रतियोगिताको परिणाम यस प्रकार रहेका छन्:
१ कि.मि. छात्र तर्फ:
प्रथम: रवि तामाङ (गणेश माध्यमिक विद्यालय, वडा–९)
दोस्रो: श्रीमन बालकोटी (गणेश से.स्कुल, वडा–५)
तेस्रो: मिशन भट्टराई (ऋतंभरा पाठशाला)
१ कि.मि. छात्रा तर्फ
प्रथम : नमूना ठकुरी (श्रीकृष्ण मा.वि)
दोस्रो : सीम्रन मिजार (फुलब्राईट ई स्कूल)
तेस्रो : बुद्धिमाया योञ्जगं (बाल्मिकेश्वरी मा.वि)
२ कि.मि. छात्र तर्फ:
प्रथम: विकास कार्की (श्रीकृष्ण मा.वि.)
दोस्रो: आसिक लामा (श्रीकृष्ण मा.वि.)
तेस्रो: समिर नयाजुनु (बल्मिकेश्वर मा.वि.)
२ कि.मि. छात्रा तर्फ:
प्रथम: प्रमिशा कार्की (श्रीकृष्ण मावि)
दोस्रो: पञ्चमाया थिंग (श्रीकृष्ण मावि)
तेस्रो: मनी वाटा (गणेश मावी)
३ कि.मि. छात्र तर्फ:
प्रथम: सन्तोष कार्की (श्रीकृष्ण मा.वि.)
दोस्रो: प्रबिन कार्की (खुल्ला)
तेस्रो: सुसान लामिछाने
३ कि.मि. छात्रा तर्फ:
प्रथम: अस्मिता गौले (श्रीकृष्ण मावि)
दोस्रो: दिपा थापा (खुल्ला)
तेस्रो: सर्मीला गोले (खुल्ला)

