चाँगुनारायण: चाँगुनारायण नगरपालिका अन्तर्गत नगरकोट भ्रमण वर्ष २०८१ को अवसरमा आयोजित ‘चाँगुनारायण नगर कप फुटबल प्रतियोगिता’ भव्य रूपमा सम्पन्न भएको छ। गत असोज २२ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार समापन गरिएको हो।
प्रतियोगिता माउन्ट एभरेष्ट युथ क्लब, नगरकोटको आयोजनामा सम्पन्न भएको हो, जसमा चाँगुनारायण नगरपालिकाको सहकार्य तथा नगर खेलकुद विकास समितिको समन्वय रहेको थियो।

प्रतियोगितामा यू १६ जुनियर र सिनियर दुवै तहमा फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो। सिनियर तहतर्फ वडा नं ६ ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो भने वडा नं ४ ले उपविजेता बन्ने गौरव प्राप्त गर्यो। वडा नं ३ ले तेस्रो स्थान प्राप्त गर्यो।
त्यसैगरी, यू १६ जुनियर तर्फ वडा नं ७ प्रथम, वडा नं ६ दोस्रो, र वडा नं ८ तेस्रो स्थानमा रहे।

समापन समारोहमा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले विजयी टोलीहरूलाई पुरस्कार तथा ट्रफी वितरण गर्नुभयो। कार्यक्रमलाई वडा नं ६ का वडाध्यक्ष धनबहादुर तामाङ, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ, वडा नं. ४ का वडाध्यक्ष रोज तामाङ, नगर खेलकुद विकास समितिका संयोजक रघु केसीका साथै अन्य जनप्रतिनिधिहरूको समेत गरिमामय उपस्थिति जनाएका थिए।
प्रथम हुन टिमलाई १ लाख १५ हजार १०१ , दोश्रो हुनेलाई ६६ हजार ६ सय ६६, तेस्रो हुनेलाई ३३ हजार ३३३ नगदसहित पुरस्कारको ब्यवस्था गरिएको थियो ।

त्यसैगरि जुनियरतर्फ प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजारनगदसहित पुरस्कार वितरण गरिएको थियो ।

