चाँगुनारायण (खरीपाटी) – चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरूको भत्ता खातामा जम्मा गरिएको जनाएको छ । नगरपालिकाको कार्यालयबाट जारी सूचनामा आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक किस्ता (श्रावण, भदौ, असोज.) को सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बैंक खातामा जम्मा भइसकेको जानकारी गराइएको हो।
लाभग्राहीले आफ्नो खातामा रकम जम्मा भएको पुष्टि गर्न सम्बन्धित बैंक शाखा वा उपशाखाबाट जानकारी लिन सक्नेछन्। कुनै जिज्ञासा वा समस्या भएमा चाँगुनारायण नगरपालिका कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
सामाजिक सुरक्षा भत्ता वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिहरू, एकल महिला, दलित र अन्य लक्षित वर्गका लागि सरकारले प्रदान गर्ने नियमित आर्थिक सहयोग हो। नगरपालिकाले लाभग्राहीहरुलाई समयमै भत्ता वितरण हुनका लागि बैंक तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आएको छ।


