चाँगुनारायण नगरपालिका वित्तीय सुशासनमा उत्कृष्ट

भक्तपुर(खरीपाटी),भदौ १८ – वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ८७ अंक प्राप्त गर्दै भक्तपुर जिल्लामै पहिलो स्थान हासिल गरेको छ। अघिल्लो वर्ष ७६.५ अंक प्राप्त गरेको चाँगुनारायणले यसपालि १०.५ अंकको उल्लेखनीय सुधार गर्दै आफूलाई वित्तीय सुशासनमा अग्रणी स्थानीय तहको रूपमा स्थापित गर्न सफल भएको हो।

मूल्यांकन गरिने पाँच वटा स्कोरमध्ये लेखांकन तथा प्रतिवेदनमा शत प्रतिशत १०० अंक प्राप्त गरेको छ भने कार्यान्वयन क्षमता तथा ब्यवस्थापनमा ८९.६६ अंक पाएको छ ।

त्यस्तै, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षमा ८१.२५, योजना, बजेट तथा कार्यक्रम ब्यवस्थापनमा ८८.१ र राजस्व ब्यवस्थापनमा ७३.५३ अंक प्राप्त गर्दै औसतमा ८७ अंक प्राप्त गरेको हो ।

त्यस्तै, सूर्यविनायक नगरपालिकाले ८५, भक्तपुर नगरपालिकाले ७५.५ र मध्यपुर थिमी नगरपालिकाले ७४.५ अंक प्राप्त गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले एफआरए मूल्याङ्कन योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता, लेखांकन तथा प्रतिवेदन व्यवस्थापन, अनुगमन, मूल्यांकन, लेखापरीक्षण र राजस्व व्यवस्थापनजस्ता सूचकहरूका आधारमा गर्दै आएको छ । स्थानीय तहको वित्तीय सुशासन, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले यो मूल्याङ्कन गरिँदै आएको हो।

यस्तो छ आर्थिक वर्ष २०८०/८१ मूल्याङ्कन नतिजा