दुवाकोटमा शनिबार ‘समाबेशी घिन्ताङ्घिसी कार्यक्रम हुने

चाँगुनारायण (दुवाकोट), साउन २९: नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा चाँगुनारायण नगरपालिका वडा नं २ ले ‘समाबेशी घिन्ताङ्घिसी कार्यक्रम’ आयोजना गर्न लागेको छ ।

वडा र समावेशी घिन्ताङ्घिसी संचालक समिति दुवाकोटको आयोजनामा यही साउन ३१ गते शनिबार ‘समाबेशी घिन्ताङ्घिसी कार्यक्रम’ आयोजना हुन लागेको हो । कार्यक्रम दुवाकोट मोडजेखि शूरु भई वडा नंं २ परिक्रमा गरिनेछ ।

वडाध्यक्ष सोम प्रधानले कार्यक्रममा सहभागि हुन सम्पूर्णमा आह्वान गर्नु भएको छ ।

कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक पहिचान झल्किने प्रदर्शनमार्फत भ्रमण वर्ष मार्फत पर्यटन आकर्षणलाई अझ उजागर गरिने जनाइएको छ।

पर्यटक, स्थानीयवासी र सांस्कृतिक प्रेमीहरूको सहभागितामा सम्पन्न हुने सो उत्सवले नगरकोट भ्रमण वर्षको प्रचार–प्रसारसँगै समुदायबीच एकता र सांस्कृतिक आदान–प्रदानलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।