चाँगुनारायण, साउन २० । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई बधाई तथा शुभकामना दिनु भएको छ । मंगलबार सपथ पछि पद्भार समाल्नु भएको बानियाँलाई हेटौडा पुगेर नगर प्रमुख खत्रीले बधाई तथा शुभकामना दिनु भएको हो ।
नगर प्रमुख खत्रीले सो अवसरमा प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा नियुक्त भक्तपुरका किरण थापा मगरलाई पनि बधाई दिँदै प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारको अपेक्षा व्यक्त गर्नुभयो ।

बानियाँ नेतृत्वमा नेपाली कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिचाइमन्त्री र शिवराज अधिकारी विनाबिभागीय मन्त्री बन्नु भएको छ ।
त्यस्तै, एमालेबाट मधुसुदन पौडेल कृषि तथा पशुपंछी विकास मन्त्री, किरण थापा मगर स्वास्थ्य मन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायात मन्त्री, डा। दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्री, विन्दु श्रेष्ठ उद्योग बाणिज्य मन्त्री र भरत बहादुर केसी वन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको छ ।

