खरीपाटी : चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा २७ करोड ४६ लाख ७१ हजार ६४३ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । नगरपालिकाको काउन्टर र ९ वटै वडाबाट सो रकम बराबरको राजस्व संकलन भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठका अनुसार नगरपालिकाको राजस्व संकलन गर्ने काउन्टरबाट साउनदेखि असार मसान्तसम्म १३ करोड ८० लाख ६१ हजार ९६२ र अन्य रकम वडाबाट संकलन गरिएको हो ।
९ वटा वडामध्ये सबैभन्दा बढी ९ नंं वडा कार्यालयले राजस्व संकलन गर्न सफल भएको छ । वडा नंं ९ बाट गत आर्थिक वर्षमा २ करोड ७२ लाख ७७ हजार ९३ रुपैयाँ संकलन भएको छ ।
त्यस्तै, दोस्रो सबैभन्दा बढी वडा नंं ८ बाट संकलन भएको छ । सो वडाबाट १ करोड ९६ लाख १७ हजार ५५३ रुपैयाँ राजस्व संकलन भएको हो ।
कुन वडाबाट कति ?


