प्रोत्साहनस्वस्प चाँगुनारायण नगरपालिकाले गर्‍यो  खेलाडीलाई सम्मान, खेलकुदको विकास उच्च प्राथमिकतामा रहेको मेयर खत्रीको भनाई

खरिपाटी : चाँगुनारायण नगरपालिकाले प्रोत्साहनस्वस्प खेलाडीहरुलाई सम्मान गरेको छ । नगर खेलकुद बिकास समितिको आयोजनामा बुधबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई सम्मान गरिएको हो ।

नगरपालिकाले खेलकुदको विकासमा टेवा पु्र्याउन तथा खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले नगरपालिकाबाट प्रतिनिधित्व गर्दै स्वदेश तथा विदेशमा गएर बिभिन्न खेलमा उत्कृष्ट खेल प्रर्दशन गरि स्वर्ण, रजत र कास्य पदक विजेता सम्पूर्ण खेलाडीलाई सम्मान गरेको हो ।

कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले खेलकुदको विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राख्दै बजेट एवं कार्यक्रम व्यबस्थापन गर्दै आएको बताउनुभयो । कृषि, पर्यटनसंगै खलकुदबाट पनि चाँगुनारायण नगरपालिका विश्वमा चिनाउने उदेश्यले खेलकुदको विकासका लागि नगरपालिकाकाले खेलकुद शाखा बनाएको, प्रशिक्षकदेखि खेलाडीहरुलाई समेत प्रोत्साहन गर्दै नगरपालिकाले खेलाडी उत्पादनमा जोड दिएको बताउनुभयो ।

नगरस्तरीय मात्रै नभई प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चाँगुनारायणमा खेलाडीले सहभागि जनाउने मात्रै नभइ नगरपालिकाको नाम उच्च राख्ने गरि पदक हासिल गर्ने गरि अगाडि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख रमेश बुढाथोकीले खेलकुद नगरपालिकाको गहना र खेलाडी देशकै शान भएको बताउदै खेल र खेलाडीका विकासमा नगरपालिकाले कनै कन्जुस्याई नगरको बताउनुभयो । उहाँले विद्यालय तहदेखिनै खेलाडी उत्पादनमा नगरपालिकाले जोड दिएको बताउदै नगरपालिका आफैले प्रशिक्षक नियुक्त गरेर खेलाडी उत्पादनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

खेलकुदको विकासका लागि नगरपालिकाले खेल मैदान पनि निर्माणमा प्राथमिकतामा दिएको बताउदै खेलकुद, खेलाडी खेलमैदान नगरपालिकाको प्राथमिकतामा परेको बताउनुभयो । खलाडीहरुले पदक जित्ने गरि आफ्ने र नगरपालिकाको नाम राख्ने गरि अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले खेलाडीहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गर्दै नगरुपालिकाले पुरस्कार र सम्मान प्रदान गरेर प्रोत्साहन दिएको बताउनुभयो । उहाँले खेलकुदको विकासमा नगरपालिका सारथी बन्ने र खेलाडीले पनि उच्च मनोबलका साथ अगाडि बढ्नु पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीयस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो । साथै क्योकुसिन कराँतेका ब्ल्याक बेल्टमा प्रमोसन हुनुहुने खेलाडीहरुलाई पनि विशेष बधाईका साथ शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता जनक खत्री,नगर खेलकुद विकास समितिका संयोजक रघु केसी, कार्यपालिका सदस्यहरु तथा जनप्रतिनिधिहरु पनि सहभागि हुनुहुन्थ्यो ।