खरीपाटी: चाँगुनारायण नगरपालिकाले पशु पन्क्षी पालन ब्यवसायमा क्रियाशील चाँगुनारायण नगरका कृषकहरूलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि पशुपन्छी विकास शाखाले कृषकहरुलाई सम्मान गरेको हो ।

कृषकहरुलाई नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, सामाजीक विकास समितिका संयोजक तथा नगर प्रवक्ता जनक खत्रीले प्रमाणपत्र, दोसल्ला र नगद सहित सम्मान गर्नुभयो ।

ब्यवसायीक भैसी पालना फार्म तर्फ वडा नंं ९ स्थित कृष्ण कृषि फर्मका विमला न्हेमाफुकी, वडा नंं ७ स्थित बाल्मिकी पशुपालन तथा कृषि फर्मतर्फ तारा देवी श्रेष्ठ र वडा नंं २ स्थित प्रधान कृषि फर्मका प्रदिप प्रधानलाई सम्मान गरिएको हो ।

त्यस्तै, ब्यवसायीक गाईपालन तर्फ वडा नंं ९ स्थित कालिमष्ट कृषि फर्मका सन्जोग खड्का, वडा नंं ८ स्थित लक्ष्मी पशुपालन एण्ड कृषि फर्मको तर्फबाट दत्तु प्रसाद तमिल्सिना र वडा नंं ८ स्थित सम्पूर्ण कृषी फर्मको तर्फबाट समुन श्रेष्ठ सम्मानीत हुनुभयो ।

त्यस्तैगरि बाख्रा, भेडा पालनतर्फ वडा नंं २ स्थित बीलाता कृषि तथा पशुपालन फर्मकी रीता खडका, कुखुरा, कालिज पालनतफ वडा नंं ४ स्थित पोटेभैरभ पोल्टी फर्मका अनिल ढुंंगाना, बहुउद्देश्यीय सहकारी तर्फ वडा नंं ३ स्थित दिपज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, दुध उत्पादन, संकलन तथा प्रशोधन तर्फ वडा नंं ७ स्थित श्रीसन दुध संकलन डेरीका श्रीराम श्रेष्ठ र घाँस खेतीतर्फ वडा नंं ९ स्थित उत्कृष्ठ उग्रिकल्चर रिसर्च प्रा.लिका भानुभक्त पराजुली सम्मानीत हुनु भएको छ ।

