चाँगुनारायण नगरपालिकाद्धारा एसईईमा उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान (फोटोफिचर)

खरीपाटी: चाँगुनारायण नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थी र शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल विद्यालयलाई सम्मान गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले ३.६ देखि ४ जिपीए प्राप्त गर्ने संस्थागत र सामुदायीक गरि २०५ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

नगर प्रमुख जीवन खत्रीले खादा, माला र प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो । साथै सामुदायिक तर्फ नगरमै उत्कृष्ठ ४ जिपीए ल्याउन सफल महेन्द्रग्राम विद्यालयकी गोमा श्रेष्ठलाई भने नगद् २५ हजार सहित सम्मान गरिएको थियो ।

चाँगुनारायण नगरपालिकामा एसर्ईई २०८१ मा सामुदायिक ३ र संस्थागत १० वटा विद्यालयले शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएका थिए । त्यस्तै, सामुदायिक विद्यालयतर्फ ३७ जना र संस्थागत तर्फ १६८ जना विद्यार्थीले ३.६ देखि ४ जिपीए प्राप्त गरेका थिए ।