सामुदायिक कुकुर बन्ध्याकरण तथा खोप शिविर संंचालन गर्दै चाँगुनारायण नगरपालिका

खरीपाटी: चाँगुनारायण नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण तथा खोप शिविर कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार २४ गतेदेखि २७ गतेसम्म सामुदायिक कुकुर बन्ध्याकरण तथा खोप शिविर संचालन गर्ने भएको हो ।

पशुपंक्षी विकास शाखाका अनुसार पशु सेवा केन्द्र खरिपाटीमा २४ र २५ गते, वडा नंं २ को नयाँ भवनमा २६ गते, वडा नंं ९ स्थित फैढोका आधारभूत विद्यालय ताथलीमा २७ गते शिवीर संचालन गरिनेछ ।