चाँगुनारायण नगरपालिकाले एसईईमा उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने, अनिवार्य सहभागीताका लागि आह्वान

खरीपाटी : चाँगुनारायण नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ष्ठ अंक प्राप्त गर्न सफल विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने भएको छ । ३.६ देखि ४ जिपीए प्राप्त गर्ने संस्थगत र सामुदायीक विद्यालयका विद्यार्थी र विद्यालयलाई सम्मान गर्न लागेको हो ।

आगामी मंगलबार २४ गते वडा नंं ५ स्थित ब्रम्हकुमारी राजयोग परिषद् प्रागण नागडोलमा सम्मान कार्यक्रम आयोजना गरिएको शिक्षा शाखाले एक सूचना जारी गर्दै जानकारी गराएको छ । शाखाले कार्यक्रममा अनीवार्य सहभागि हुन सबै विद्यालयहरुलाई आग्रह गरेको छ ।

पछिल्लो समय नगरपालिकाले शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार गर्दै आएको छ। शिक्षकहरूको सक्रियता, विद्यालय व्यवस्थापन समितिको पारदर्शिता र विद्यार्थीमैत्री वातावरणका कारण विद्यालयबाट उत्कृष्ट नतिजा आउने क्रम बढ्दो छ।

कुन विद्यालयले कति अंक प्राप्त गए ?