
खरीपाटी : चाँगुनारायण नगरसभाको १७ औं अधिवेशन मंगलबारदेखि शूरु हुँदैछ । अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनीक हुनेछ ।
अधिवेशनमा नगर प्रमुख जीवन खत्रीले नीति तथा कार्यक्रम र नगर उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै, मंगलबार अत्यावश्यक बाहेक नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द हुने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले एक सूचना जारी गर्नुहुँदै नगर सभाको अवसरमा सबै जनप्रतिनिधि र कर्मचारी समेत सहभागी हुनु पर्ने भएकोले उक्त दिन नगरपालिका र वडा कार्यालयको सेवा प्रवाह बन्द रहने जानकारी गराउनु भएको छ ।