
हेल्मेटडाँडा– चाँगुनारायण नगरपालिकाको न्यायिक समितिद्वारा आयोजित ४८ घण्टे आधारभूत मेलमिलाप तालिम बिहीबार सम्पन्न भएको छ। गत जेठ २८ गतेदेखि सुरु भएको तालिममा नगरपालिकाका प्रत्येक वडाबाट ३ जना मेलमिलापकर्ताको सहभागिता रहेको थियो। तालिमको समापन कार्यक्रममा नगरप्रमुख जीवन खत्री र उपप्रमुख तथा न्यायिक समितिका संयोजक रमेश बुढाथोकीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

समापन कार्यक्रममा बोल्नुहुँदैं नगरप्रमुख खत्रीले स्थानीय स्तरका विवादहरुको टोलछिमेकबाटै निरुपण गर्न तालिमले सघाउ पुर्याउने विश्वासु व्यक्त गर्नु भयो । यस्तै कानुनी सचेतना जगाउनका लागि भूमिका खेल्न पनि नगरप्रमुख खत्रीले मेलमिलापकर्ताहरुलाई आग्रह गर्नु भयो । समाजमा हुने झैं -भगडा, असन्तुष्टि र विभाजनलाई एकताको सूत्रमा बाध्न मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका हुनेमा समेत उहाँले जोड दिनु भयो ।

कार्यक्रममा बोल्नुहुँदै नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक रमेश बुढाथोकीले आफ्नो कार्यकालमा न्यायिष्क समितिले उत्कृष्ठ कार्य गर्न सफल भएको प्रष्ट पार्नु भयो । कार्यसम्पादन मूल्यांकन लिजामा समेत वर्षेनी शतप्रतिशत अंक प्राप्त गरेको उल्लेख गर्नु भयो । पछिल्लो तीन वर्षको अवधिमा अदालतसम्म पुग्ने खालका ठूला ठूला मुद्धा मामिलाहरुपनि न्यायिक समितिमार्फत नै मिलाउन सफल हुँदा गौरबान्वित भएको उपप्रमुख बुढाथोकीले बताउनु भयो ।
नगरपालिकाका कानुनी सल्लाहाकार कृष्ण मुरारी खनालले स्थानीयस्तरका सबैखाले विवादलाई मेलमिलापकर्ता मार्फत नै सहयोग पुग्ने उदेश्यले तालिम आयोजना गरिएको बताउनु भयो । न्यायिक समिति सदस्य सुरेश कार्कीले सिकेका कुरालाई नगरपालिकाको अपेक्षा अनुसार व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रशिक्षक विद्या खनाल र सहभागीको तर्फबाट गोकर्ण पुरीले तालिमको अनुभव सुनाउनु भएको थियो ।