खरीपाटी : चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०८२ /०८३ को नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । नगरपालिकाका जनप्रतिनिधिहरु विभिन्न पक्षसँग छलफल गर्दै बजेट निर्माणमा जुटेका हुन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले नगरसभाको सत्रौ अधिवेशन यही १० गते गर्ने निर्णय भएको बताउनुभयो ।
अधिवेशनमा नगरसभाको नीति तथा कार्यक्रम, बजेट बक्तब्य, न्यायिक समितिको प्रतिवेदन, विभिन्न विषयगत समितिहरुको प्रतिवेदनहरु, आर्थिक, विनियोजन, कर तथा गैर राजस्व सम्बन्धी विधेयक, लेखा समितिको प्रतिवेदन तथा नगर कार्यापालिकाको निर्णय अनुमोदन र सार्वजनीक महत्वका प्रस्तावका विषयमा छलफल गरिनेछ ।

