पेल्ट (बेल्जियम) : पेल्ट नगरपालिकाको नगर प्रमुख डेनिस फ्रान्सन (Dennis Fransen) र चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीबन खत्री बीच भेटघाट भएकोछ । पेल्ट शहरमा भएको भेटघाट कार्यक्रममा नगरप्रमुख डेनिस फ्रान्सनले पेल्ट नगरपालिकाको बारेमा जानकारी दिनुभएको थियो ।

उंहाले पालिकाले शिक्षा , स्वास्थ्य, पूर्वाधार , सामाजिक बिकास, बालबालिका, ज्येष्ठ नागरीकका क्षेत्रमा गरेको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो ।

३२ हजार जनसंख्या रहेको पेल्ट शहर बेल्जियमको उत्तर पूर्वमा नेदरल्याण्ड नजिक रहेको सानो पालिको हो । भेटघाटका क्रममा चांगुनारायण नगरपालिकाका नगर प्रमुख जीबन खत्रीले चांगुनारायण नगरपालिकाको बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो ।

उहांले पेल्ट नगरपालिकाले नगरबासीका लागी लिएको नीतिगत र कानुनी ब्यवस्थाका साथै नगरबासीका आधारभुत आवश्यकता परिपुर्तीका लागी नगरपालिकाले गरेको प्रयासबाट आफु प्रभावित भएको बताउनु भयो ।
समग्र युरोपका देशहरूबाट हाम्रो जस्तो कम बिकसित राष्ट्रहरुले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । बिशेष गरी सार्बजनिक यातायात, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा गरेको बिकासले आफु उत्साहित भएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले डेनिस फ्रान्सनलाई नगरकोट भ्रमण बर्षको अबसरमा चांगुनारायण नगरपालिका भ्रमणको निमन्त्रणा स्वरुप खादा ओढाउनुका साथै लोगो सहितको ब्याच प्रदान गर्नुभएको थियो ।
चांगुनारायण नगरपालिका र पेल्ट नगरपालिका बीच भगिनी सम्बन्ध कायम गर्न सकेमा दुइ पक्षिय हित र आपसी सहयोग आदान प्रदान हुने भएकोले भेटघाट फलदायी रहेको नगर प्रमुख खत्रीले बताउनुभयो ।

भेटघाट कार्यक्रममा चांगुनारायण नगरपालिकाका बिपद् व्यवस्थापन एकाई प्रमुख दिनेश थापाले बेल्जियममा बिध्यमान प्रकोप जोखिमको अबस्था र पूर्वतयारीका बारेमा, ज्येष्ठ नागरिकहरुको स्वास्थ्य र सामाजिक सुरक्षाको अबस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
चांगुनारायण नगरपालिकाले बिपद् व्यवस्थापनमा गरेको प्रयास र स्वस्थ्य बुढ्यौली परियोजनाका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
पेल्टका नगरप्रमुख डेनिस फ्रान्सनसंगको भेटघाटको संयोजन चांगुनारायण निबासी मधुसुदन थापाले गर्नु भएको थियो ।


