खरीपाटी : नगरकोट सडक कालोपत्रे गर्ने कार्य तीब्र गतिमा अगाडि बढेको छ । गत साताबाट शूरु गरिएको निर्माण कार्य तीब्र गतिमा अगाडि बढेको हो ।

चाँगुनारायण नगरपालिकाले निर्माण थालेको १५ किलोमिटर मध्ये ५ किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको नगरपालिकाका पूर्वाधार शाखा प्रमुख विश्व जीत होनाले बताउनुभयो ।

गत साता गढगढेबाट शूरु गरिएको कालोपत्रे गर्ने कार्य बास्तोलागाउँसम्म आइपुगेको छ भने भोलिसम्म तेलकोट पुर्याउने गरि काम भइरहेको छ ।

नगरपालिकाले १७ करोडमा ठेक्का आह्वान गरेकोमा भ्याटसहित १३ करोड ५० लाखमा सम्झौता भई निर्माण कार्य शूरु भएको हो । सम्झौता भएको एक सातामै निर्माण ब्यवसायीले काम शूरु गरेको थियो ।

मौसमले साथ दिएको खण्डमा असार महिनाभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यद्यपी निर्माण ब्यवसायीलाई सो सडक खण्डको काम सम्पन्न गर्न असोज सम्मको म्याद तोकिएको छ ।



