चाँगुनारायणका उपप्रमुख बुढाथोकीद्धारा विभिन्न विद्यालयका सयौ विद्यार्थीलाई स्कुल पोशाक वितरण

खरीपाटी : चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक कपडा वितरण गर्नु भएको छ ।

नगर उपप्रमुख बुढाथोकीले आफू निर्वाचीत भएदेखि नै आफ्नो सेवा सुविधाको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्चीदै आउनु भएको छ । विगत तीन वर्षदेखि उपप्रमुख बुढाथोकीले विभिन्न विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कुल पोशाक कपडा वितरण गर्दै आउनु भएको हो ।

त्यसै सिलसिलामा नयाँ शैक्षीक सत्र २०८२ मा भर्ना भएका वडा नंं १ को विनायक सरस्वती विद्यालयक १ सय ७४ जना र वडा नं ४ मा अवस्थित दोलागिरी माध्यमिक विद्यालयका १ सय १५ जना विद्यार्थीहरुलाई स्कुल पोशाक सहयोग गर्नुभएको छ ।

त्यस्तै, मंगलबार वडा नंं ६ स्थित कालिका स्कुलका विद्यार्थीलाई पनि स्कुल पोशाक वितरण गर्न लागिएको उपप्रमुख बुढाथोकीले बताउनुभयो ।