चाँगुनारायण : चाँगुनारायण नगरपालिकाका कानूनी सल्लाहकार किरण न्यौपाने नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्यमा निर्वाचीत हुनु भएको छ । बिहीबार सम्पन्न निर्वाचनमा न्यौपाने खुल्ला केन्द्रीय सदस्यमा निर्वाचीत हुनु भएको हो ।
बारमा निर्वाचीत हुनु भएकोमा नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बधाई ज्ञापन गर्नुहुँदै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ ।
बारको अध्यक्षमा प्रा.डा विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको छ । न्यौपाने सोही प्यानलबाट केन्द्रीय सदस्यमा उठ्नु भएको थियो । त्यस्तै महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगत बहादुर कार्की निर्वाचीत हुनु भएको छ ।
बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बू, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भए । महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा जगतबहादुर कार्की विजयी हुनु भएको छ ।


