अवैध उत्खनन तथा ओसार प्रसार गर्नेमाथी चाँगुनारायण नगरपालिकाले निगरानी बढाएपछि ९० प्रतिशत नियन्त्रणमा, आज मात्रै ७ सवारी समातिए

खरीपाटी: चाँगुनारायण नगरपालिकाले अवैध माटो, बालुवा उत्खनन तथा ओसार प्रसार गर्नेमाथी निगरानी बढाएपछि सो क्रियाकलाप नियन्त्रणमा आएको छ ।

केही दिन अघि सुचना पाएपछि नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक रमेश बुढाथोकी एक्लै छड्के अनुगमनमा निस्कनु भएको थियो । सो पश्चात नगरपालिकाले अनुगमनलाई तिब्रता बनाएको छ ।

अवैध उत्खनन तथा ओसारपसारमा संलग्न ९० प्रतिशत नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ ।

शुक्रबार मात्रै वडा नं ८ सुडाल र वडा नं ९ ताथलीबाट बालुवा उत्खनन तथा ओसार प्रसार गर्ने तीन ओटा गाडी र ४ ओटा डोजर नियन्त्रणमा लिईएको हो । प्रकृतिमाथीको दोेहनलाई पूर्ण रुपमा नियन्त्रण गरिछाड्ने उपप्रमुख बुढाथोकीको भनाई छ ।