भक्तपुर जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, चाँगुनारायणका मेयर खत्रीद्धारा समापन तथा पुरस्कार वितरण

भक्तपुर: भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको तीन दिने १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रमकाबीच चाँगुनारायण नगरपालिकाका नगर प्रमख जीवन खत्रीले प्रतियोगिताको समपान तथा पुरस्कार वितरण गर्नु भयो । प्रतियोगिता यही फागुन २४ देखि २६ गते संचालन भएको हो ।

सो अवसरमा नगर प्रमुख खत्रीले समग्र भक्तपुरको खेल क्षेत्रको विकास तथा विस्तारमा प्रतियोगिताले महत्वपूर्ण कोशेढुंगा शावित भएको बताउनुभयो । मेयर खत्रीले भक्तपुरका खेलाडीहरुले जिल्लाकै शान उच्चो राख्ने गरि उत्कृष्ठ खेल खेल्दै आएको आएको भन्दै प्रशंसा समेत गर्नुभयो ।

मेयर खत्रीको चाँगुनारायण नगरपालिकामा आफू निर्वाचीत भएपछि खेल क्षेत्रलाई विशेष प्राथमिकता दिर्दै नगरस्तरीय खेलकूद समिति गठन गरि ९ वटै वडाका विभिन्न खेलमैदानमा निशुल्क खेल प्रशिक्षण सञ्चालन गर्दै आएको बताउनुभयो । खेल गतिविधिलाई अगाडि बढाउने उद्देश्यका साथ शुरु गरिएको निशुल्क खेल प्रशिक्षण हरेक साताको एक दिन शनिबार सञ्चालन हुँदै बताउनुहुँदै खेलकुद क्षेत्रको विकासमा गरिएको लगानीले विस्तारै प्रतिफल पाउँन थालेको बताउनुभयो ।

नगर प्रमुख खत्रीले नगरपालिकाले खेलमैत्री नगर बनाउन खेलाडीको लागि खेल सामाग्रीका साथै आवश्यक पूर्वाधार निर्माणमा लागिपरेको पनि बताउनुभयो ।

प्र्रतियोगितामा भक्तपुर नगरपालिकाले ३७ स्वर्ण, २० पदक र २७ काष्य प्राप्त गर्दै प्रथम हुनु सफल भएको छ । मध्यपुर थिमी नगरपालिकाले १५ स्वर्ण, १९ पदक र ४० काष्य प्राप्त गर्दै दोस्रो र चाँगुनारायण नगरपालिकाले १२ स्वर्ण, २५ पदक र १८ काष्य प्राप्त गदैै तेस्रो हुन सफल भएको छ ।

प्रतियोगितामा उसु, कराते, एथलेटिक्स, भलिबल, कर्बडी र तेक्वान्दो विधामा खेल खेलाइएको जिल्ला खेलकुद विकास समिति भक्तपुरका संयोजक राजु थापाले बताउनुभयो । संयोजक थापाले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद समेत ज्ञापन गर्नुभयो ।कार्यक्रम जिल्ला खेलकुद विकास समितिका संयोजक राजु थापाको सभापतीत्वमा सम्पन्न भएको थियो ।