ताथलीको ठाडो खोलाबाट बाटो खुलाउने कार्य शूरु, अनावश्यक भ्रममा नपर्न उपप्रमुख बुढाथोकीको आग्रह

ताथली: चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीको ठाडो खोला पुल निर्माण भएको स्थलको ट्याक खोल्ने कार्य शूरु गरिएको छ । केही सञ्चार माध्ययममा बाटो नभएको खोलामा पक्की पुल बनेको समाचार प्रकाशन भएपछि चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीले स्थलगत अनुमगन गरि बाटो खुलाउने कार्य गर्नु भएको हो ।

१०/१० लाखमा दुई पटकको बिनियोजित रकमबाट खोलामा पुल निर्माण भएको थियो। बाटोको ट्रयाक खोल्नु अघि नै पुल बनेका कारण राजनीतिकरण भएपछि अनावश्यक प्रचारबासी हुन पुगेको थियो ।

उपप्रमुख बुढाथोकीले अनावश्यक भ्रम तोड्न सफल भएको भन्दै भ्रामक र गलत सूचनाको पछि नलाग्न समेत सबैमा आग्रह गर्नु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले खोल्सीमा कल्भर्ट निर्माणका लागि जेनिश खडकाको अध्यक्षतामा उपभोक्ता समिति गठन भई निर्माण सम्पन्न भई वडा नंं. ९ वडा कार्यालयबाट सिफारिस भएबमोजीम भुक्तानी भएको र कल्भर्टबाट वडा कार्यालयसम्म बाटो निर्माणका लागि १५ लाख बजेट छुट्याई बाटो निर्माण कार्य प्रक्रियामा रहेको बताउनुभयो ।