चाँगुनारायण नगरपालिकाका मेयर खत्रीद्धारा बालकुमारी मन्दिरको शिलान्यास

सुडाल : चाँगुनारायण नगरपालिकाका वडा नंं ८ साबिक सुडाल मिस्रेकोटारमा अबस्थित बालकुमारी देवी मन्दिरको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै पुजाआज गरि नगर प्रमुख जीवन खत्रीले मन्दिरको शिलान्यास गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख खत्रीले मन्दिर निर्माणका लागि अपुग रकम नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुहुँदै महायज्ञ लगाउँदा स्थानीय समुदाय एकजुट भएजस्तै निर्माण सम्पन्न गर्न पनि त्यसैगरि लागिपर्न आग्रह गर्नुभयो ।

मन्दिर समयमै निर्माण सम्पन्न गरि ऐतिहासिक, धार्मिक महत्वलाई उजागर गरेर यसको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नंं ८ का वडाध्यक्ष जनक खत्रीले मन्दिर निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

साोही अवसरमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी र खर्च विवरण समेत सार्वजनीक गरिएको छ । महायज्ञमा ५९ लाख २५ हजार ५९८ आम्दानी र खर्च २७ लाख १८ हजार २१४ भएको महायज्ञ ब्यवस्थापन समितिका संयोजक तीर्थ राज घोरसैनीले जानकारी गराउनुभयो ।